संगालोखबर सम्वाददाता

धनकुटा, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ ।

उद्योग वाणिज्य संघकी जिल्ला उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ लगायतले पनि रक्तदान गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुलीले रक्तदान भनेको जिवन दान सरह भएकाले खेर जाने रगतलाई दान गर्न अनुरोध गरे । रक्तदान पश्चात रक्तदातालाई प्रमाणपत्र दिईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!