संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ ।

Advertisement

अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो ।

स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ ।

स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ । सडक अवरुद्ध छ ।

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो । विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गरेका छन । अहिले भवन निर्माण भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!