धनकुटा, २३ साउन । धनकुटामा बुधबारदेखि सहकारी सुशासन तथा वित्तिय सञ्चालन सम्बन्धि पाँच दिने तालिम सुरु भएको छ ।
सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा सुरु भएको तालिममा सहकारी सुशासन, लेखा व्यवस्थापन, वित्तिय व्यवस्थापन, सञ्चालकको जिम्मेवारी, कोष व्यवस्थापन, वर्तमान सहकारी ऐन र सहकारीको व्यवस्थापनका बिषयमा जानकारी गराईनेछ ।
जिल्ला सहकारी संघको समन्वय तथा उन्नती एक्सेस अफ फाइनान्स कार्यक्रम र नेपाल राष्ट्र बैंकको सहयोगमा तालिम सञ्चालन गरिएको हो । जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले तालिम उद्धाटन गरेका छन् ।
तालिममा धनकुटाका विभिन्न सहकारी संस्थाका ३० जना सहभागि रहेको आयोजकले जनाएको छ ।