पदम राई/संगालोखबर

धनकुटा, २८ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ भञ्ज्याङ्गमा आज एउटा घर जलेर नष्ट भएको छ ।

Advertisement

स्थानीय कुलबहादुर राईको घर जलेर नष्ट हुँदा ९ लाख ५ हजार वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले जानकारी दिए ।

आगलागीका कारण घरमा रहेका सामाग्री, लत्ताकपडा लगायत सम्पूर्ण जलेर नष्ट भएको छ ।

राई परिवार काठमाण्डौं बस्दै आएकाले घरमा कोहि नभएको वेला आगो लागेको हो । बिधुत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!