उदयपुर, २४ साउन । सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।

Advertisement

गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताए ।

सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताए।

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका प्रमुख इञ्जिनीयर हरि पोखरेलका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न प्रयास भइरहेपनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन गएको डोजरनै फसेको बताउछन्।

अर्को स्काभेटर पुनः पठाएर सडक अवरुद्ध हटाउन प्रयास गरेको र त्यो पनि पहिरोमा फसेको पोखरेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!