- संगालोखबर सम्वाददाता

धनकुटा, २५ साउन । धनकुटामा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिने भएको छ । धनकुटा पर्यटन विकास समितिको शुक्रवार बसेको बैठकले पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा अरु पर्यटकीय क्षेत्रहरुको खोजी गरी पर्यटन क्षेत्रहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्ने निर्णय भएको पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

उनका अनुसार पर्यटन प्रवद्र्धनका लागि बिभिन्न माध्यमबाट स्वदेश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटकको स्वागत, सत्कारका लागि विभिन्न क्षेत्रहरुमा साझेदारी अभियान चलाईनेछ ।

भेडेटार, पाख्रीवास, वसन्तपुर लगायत क्षेत्रमासमेत अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा समितिका सचिव प्रमिला चेम्जोङ्गले यस बर्षका लागि पर्यटन मेला तथा उत्सवहरु र घुम्ती पर्यटन प्रचारप्रसार अभियान सञ्चालन सम्बन्धि कार्यक्रमको बारेमा प्रस्तुति गरिन् ।

धनकुटालाई पर्यटन मार्फत समृद्ध बनाउन सवैले आ–आफ्नो क्षेत्रबाट सक्रियता देखाउँन पनि आवहन गरिएको समितिका सदस्य नविन राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!