धनकुटा, २६ साउन । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा शनिवार आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय छिरिङ शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा घरधनी शेर्पासहित पाख्रीबास–३ का रमेश बहादुर बस्नेत, नगेन्द्र बस्नेत, थर बहादुर कटुवाल, पाख्रीबास–४ का राजेन्द्र खनाल, शेर बहादुर थापा, छथर जोरपाटी गाउँपालिका १ का बिरबहादुर लिम्बू र इलाम फाकफोक गाउँपालिकाका हरिप्रसाद लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकको आधारमा उक्त स्थानमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
तासको खालबाट तीन बुङ ताससहित नगद २ हजार ५ सय ५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएस्पी उमेश लम्सालले जानकारी दिए ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तर्गत आईतवार मुद्दा दायर गरिने डिएस्पी लम्सालले बताए ।