धनकुटेलीले मनाए कालो दिन : स्थायी प्रादेशिक राजधानी माग्दै जुलुश प्रदर्शन
धनकुटा, ३ माघ । प्रादेशिक राजधानीका लागि आन्दोलित धनकुटावासीले आज कालो दिन मनाएका छन् । गत बर्ष आजकै दिन विराटनगरलाई अस्थायी प्रादेशिक राजधानी तोकिएको थियो । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त भएरपनि अन्यत्र राजधानी तोकिएको विरोधमा जिल्लाबासीले प्रदर्शन गर्दै कालो दिन मनाएका हुन् ।
विरोध स्वरुप मदन चौकबाट शुरु भएको जुलुशले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चा...






























