- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ । प्रादेशिक राजधानीका लागि आन्दोलित धनकुटावासीले आज कालो दिन मनाएका छन् । गत बर्ष आजकै दिन विराटनगरलाई अस्थायी प्रादेशिक राजधानी तोकिएको थियो । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त भएरपनि अन्यत्र राजधानी तोकिएको विरोधमा जिल्लाबासीले प्रदर्शन गर्दै कालो दिन मनाएका हुन् ।

Advertisement

विरोध स्वरुप मदन चौकबाट शुरु भएको जुलुशले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात पुनःमदनचौकमा पुगेर सभा गरियो । सभालाई संबोधन गर्दै प्रदेश सांसद आरसी तुम्वाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन अव प्रदेशसभा भित्रै आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलमान राई, धनकुटा राजधानी बनाउ अभियान समितिका संयोजक सुन्दरवावु श्रेष्ठ, उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ लगायतले गुमेको अधिकार प्राप्तिका लागि आन्दोलन जारी राख्ने उद्घोष गर्दै जस्तो सुकै परिस्थितीको सामना गर्न तयार हुँने बताए ।

अव धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आवश्यकता अनुसार आन्दोलन जारी राखिने धनकुटा राजधानी बनाउ अभियान समितिका संयोजक श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

पहिलेदेखिनै प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई अस्थायी प्रादेशिक राजधानीसम्म पनि नबनाईनु अन्यायपूर्ण रहेको जिल्लाबासीको ठम्याई छ । भौगोलिक हिसावले प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, पर्याप्त भौतिक पूर्वाधार, मजवुत सुरक्षा व्यवस्था, उपयुक्त हावापानी लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको अडान छ ।

राजधानीका लागि पटक–पटक आन्दोलन गर्दै आएका धनकुटेलीले अन्यत्र राजधानी नस्वीकारने बताउँदै राजधानीका लागि जस्तोसुकै मुल्य चुकाउँन पछि नपर्ने चेतावनी दिदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!