- संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसर पारेर धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा मंगलबार गोरु जुधाई प्रतियोगिता गरिएको छ । पूर्वी नेपालमै पहिलो पटक भएको प्रतियोगितामा १५ हल गोरु जुधाईएको माघेसंक्रान्ति मेला आयोजक समितिले जनाएको छ ।

Advertisement

प्रतिस्प्रधामा ल्याईएका गोरुहरुलाई जित्दै पाख्रीवास–८ का महसुर राईको चउरे गोरु प्रथम भयो । प्रथम हुँने गोरुले १५ हजार पुरस्कार पाएको छ । पाख्रीवास नगरपालिकाका प्रमुख बिर्षबहादुर राईले बिजयी गोरुधनी राईलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

जिल्लामै पहिलो पटक भएको गोरु जुधाई प्रतियोगिता हेर्न दर्शकको घुँईचो लागेको थियो । नेपाली मूलको ‘बुल फाईट’ को रुपमा रहेको गोरु जुधाई प्रतियोगिता नुवाकोट, रसुवा र धादिङमा पनि हुँने गरेको छ ।

धनकुटामा पनि अव हरेक बर्ष गोरु जुधाई प्रतियोगिता गर्ने बताईएको छ । यसबर्ष प्रतियोगिता सञ्चालन गर्न पाख्रीवास नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

नगरपालिकाको सहयोग र स्थानीय युवाको सक्रियतामा पूर्वमै पहिलो पटक प्रतियोगिता गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!