उर्लाबारी, ३ माघ । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।
उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्तरुपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभयो ।
भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताउनुभयो । विसं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा स्थापित सो बालगृहमा हाल २२ जिल्लाका ४६ बालबालिका आश्रित छन् ।