- संगालोखबर सम्वाददाता

मोरङ, १ माघ । गरिबीका कारण उपचार गरेको पैसा तिर्न नसकेर संकटमा परेका मोरङको रंगेलीका वादल सरकारको उपचार वापतको रकम नोबेल अस्पतालले मिनाहा गरेको छ । उपचारका क्रममा लागेको ५ लाख ४३ हजार रकम मिनाहा भएपछि सरकार परिवार हर्षित छन् ।

Advertisement

गत कात्तिक १६ गते मोटरसाईकलको ठक्करबाट टाउकोमा गंभीर चोट लागेका ४५ बर्षीय वादल अढाई महिनादेखि नोबेल अस्पतालमा उपचाररत थिए । उपचार वापतको रकम भुक्तानी गर्न नसक्दा उनीहरुको बिचल्ली भएको थियो । विस्कुट बेचेर गुजारा चलाउँदै आएका उनीहरुले उपचार वापतको रकम भुक्तानी गर्न नसकेर भौतारिरहेका थिए ।

आर्थिक अभावका कारण उपचार वापतको पैसा तिर्न नसकेर संकटमा परेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले रकम मिनाहा गरेका हुन् । नेपाली कांग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरेले पीडित परिवारको बेथा बताएर रकम मिनाहा गराउँन पहल गरेका थिए ।

पैसा छुट पाएपछि ठुलो राहत मिलेको विरामीका बुवा बुनोधर सरकारले बताए । रकम मिनाहा भएपछि बादल अहिले अस्पतालबाट घर फर्किएका छन् । गरिब तथा विपन्न विरामीलाई सहयोग गरेर समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्माले वादल जस्ता धेरै विरामीलाई सहयोग गरेका छन् । उनले गरिब तथा विपन्न बिरामीलाई खोजी–खोजी निःशुल्क उपचार गराउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!