विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ ।

Advertisement

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो ।

प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!