- संगालोखबर सम्वाददाता

धनकुटा, ३० पुस । धनकुटामा सवारी चालकहरुको आँखा परीक्षण गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सवारी चालकको अाँखा परीक्षणसँगै सचेतनामुलक कार्यक्रम पनि गरिएको हो ।

Advertisement

अाँखा अस्पताल धनकुटासँग सहकार्य गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यक्रम गरेका हुन् । धनकुटाको जिरोपईन्ट स्थित कोशी लोकमार्गमा भएको कार्यक्रममा साना तथा ठुला दर्जनौ सवारी साधनका चालकको अाँखा परीक्षण गरिएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

ट्राफिक नियमको पूर्ण रुपमा पालनाका लागि सोहि क्रममा चालकहरुलाई सचेत पनि गराईएको हो । कार्यक्रममा यातायात व्यावसायी, वर्कसपका मेकानिक लगायत पनि सहभागि थिए ।

सवारी दुर्घटना न्यूनिकरणका लागि धनकुटामा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!