विराटनगर, १ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक(पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

Advertisement

सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर रु १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क रु.एक अर्ब आठ करोड ९३ लाख सङ्कलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी/निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!