पाँचथरको  दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

पाँचथरको दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

फिदिम, ८ माघ । याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले दैनिक १४ लिटर दूध बेच्दै आउनुभएको छ । आफ्नो दुर्गम गाउँमा व्यावसायिक गाईपालन र दूध उत्पादन हुन्छ भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन तर, आज उहाँ नै व्यावसायिक रुपमा दूध ...
भोजपुरमा २० पुरुषले दर्ता गराए सम्बन्धविच्छेद मुद्दा

भोजपुरमा २० पुरुषले दर्ता गराए सम्बन्धविच्छेद मुद्दा

भोजपुर, ८ माघ । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म ...
भोजपुरमा बालिका बलात्कार अभियोगमा दुई पक्राउ

भोजपुरमा बालिका बलात्कार अभियोगमा दुई पक्राउ

भोजपुर, ८ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छ...
खोटाङमा बरण्डाबाट लडेर बद्धाको मृत्यु

खोटाङमा बरण्डाबाट लडेर बद्धाको मृत्यु

खोटाङ, ८ माघ ।  खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ मा गएराति घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्त मकर बहादुर चौहानको घरमा लगाईएको सप्ताह पुराणमा गएकी साकेला गाउँपालिका–५ की ७७ बर्षीया टिका कुमारी खत्रीको लडेर मृत्यु भएको हो । राती १ बजे बाहिर निस्कने क्रममा घरको १ तला माथि रहेको बरण्डाबाट लडेर गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको ...
बेलबारीमा ड्रम पड्किएर एक जनाको मृत्यु

बेलबारीमा ड्रम पड्किएर एक जनाको मृत्यु

मोरङ, ८ माघ ।  मोरङको बेलवारी नगरपालिका–११ मा आज बिहान ग्याँस वेल्डिङको ड्रम पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बस्नेत ग्रिलमा काम गर्दै आएका ३७ बर्षीय मनिष बराईली छन् । बिहान करिव ९ बजे वेल्डिङको ड्रम पड्किदा शरिरका बिभिन्न भागमा चोट लागेर बराईली गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा करिव १० बजे उनको मृत्यु भएक...
पशुबधशाला प्रयोगविहीन

पशुबधशाला प्रयोगविहीन

गाईघाट, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । “बधशाला भवन जीर्ण...
युवालाई लिम्बू भाषा सिकाउँदै

युवालाई लिम्बू भाषा सिकाउँदै

भद्रपुर, ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले लिम्बू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नै घरमा प्रत्येक हप्ताको शनिबार लिम्बू भाषासम्बन्धी कक्षा सञ्चालन गर्दै आएका छन् । त्यहीँ लिम्...
पाँचधारे पोखरी संरक्षणविहीन

पाँचधारे पोखरी संरक्षणविहीन

भोजपुर, ७ माघ । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ । पर्यटकीय स्थल टेम्के डाँडाको...
टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

तेह्रथुम, ७ माघ । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन...
धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटा, ७ माघ ।  ठूलो परिमाणमा गाँजासहित धनकुटा प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाटबाट ३७ किलो गाँजासहित छिन्ताङका २० बर्षीय भुपाल राई र २० बर्षकै जजल राईलाई प्रहरीले पक्राउ गरेको हो । मुलघाट प्रहरी चौकीको टोलीले बिहान करिव ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । गाँजा ओसार्न प्रयोग भएको बा.२६ प.६५४...
तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुम, ७ माघ ।  म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...
तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुम, ७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति...
प्याब्सन खेलकुद प्रतियोगिता हुने

प्याब्सन खेलकुद प्रतियोगिता हुने

विराटनगर, ७ माघ । आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ प्याब्सन स्र्पोट्स मिट–२०७५ माघ १० गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, मोरङद्वारा लक्ष्मी खेलमैदान लक्ष्मीमार्ग बेलाबारीमा एक सातासम्म हुने सो प्रतियोगितमा २३८ विद्यालयका एक हजार ५०० विद्यार्थीले भाग लिने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्...
धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा

धनकुटामा अब चौबिसै घण्टा आँखा उपचार सेवा

धनकुटा, ६ माघ । डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले सेवाग्राहिको सहजताका लागि चौबिसै घण्टा आँखा उपचार सेवा सञ्चालन गरेको छ । सार्वजनिक विदामासमेत खुल्ला रहनेगरी अव चौबिसै घण्टा सेवा सुचारु गरिएको अस्पताल सञ्चालक नेपाल नेत्र ज्योति संघका अध्यक्ष दोर्ण प्रसाद गुरागाँईले जानकारी दिए । यसअघि विहान १० देखि अपरान्ह ३ बजेसम्म उपचार हुने गरेको थियो । शनिवारसहित सार्वजनिक बिदाको समयमा आँखामा केहि ...
सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री शेरधन राई

इलाम, ६ माघ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गर्नुभएको छ । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भन्नुभयो, “हामी नयाँ ढाँचामा क...
धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार

धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार

धनकुटा, ६ माघ । धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव ७ सय विरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो । शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष ईन्दिरा थापाले जानकारी दिईन् । ‘गाउँ–गाउँबाट वालवालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउँन आउनुभयो ।’ थापाले भनिन् ‘महिलाक...
ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने

ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने

ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पुर्याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ । जिल्लाबाट उपचारका लागि काठमाडौँ पुगेका बिरामी, अशक्त र काठमाडौँ लगायत आसपासमा रहेर आपत विपद्मा परेकालाई सहयोग पुर्याउनका लागि ताप्लेजुङ सरोकार समाजले भवन निर्माण गर्ने भएको हो । भवन निर्माणका लागि रु ५३ लाख १७ हजार १११ रकमसमेत सङ्कलन भइसकेको समाजका उपाध्यक्ष युवराज गुरुङले ...
सभागृहको बजेट नरोक्न आग्रह

सभागृहको बजेट नरोक्न आग्रह

भद्रपुर, ६ माघ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाउनुभएको छ । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री स...
दमकमा ७५ बर्षीय हजुरबुवालाई कुट्ने नाती पक्राउ

दमकमा ७५ बर्षीय हजुरबुवालाई कुट्ने नाती पक्राउ

झापा, ६ माघ ।  झापाको दमक नगरपालिका–१० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । ७५ बर्षीय हजुरबुबा धन बहादुर कार्कीलाई सामान्य बादबिबादका क्रममा कुटपिट गरेको भन्दै २० बर्षीय सागर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट गम्भिर घाईते भएका धन बहादुरलाई उपचारका लागि गोदाबारी हस्पिटल उर्लाबारी पुर्याईएको छ । सागरलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएक...
दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा...
विराटनगरमा  प्रदेशस्तरीय योग शिविर हुने

विराटनगरमा प्रदेशस्तरीय योग शिविर हुने

विराटनगर, ४ माघ । ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पुर्याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले योगलाई जीवन अभि...
सवा तीन अर्ब राजश्व सङ्कलन

सवा तीन अर्ब राजश्व सङ्कलन

विराटनगर, ४ माघ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । कार्यालयका अनुसार रु तीन अर्ब चार...
नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

बिराटनगर, ४ माघ । मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मिया राम्रो उपचारको खोजिमा १५ बर्षसम्म भौतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका बिभिन्न ठाउँमासमेत उपचारका लागि पुगेका उनलाई अहिले बिराटनगरको नोबेल शिक्षण अस्पतालले निको बनाएको छ । मुटुको भल्ब सागुरिएर बर्षौदेखि समस्यामा रहेका ४५ बर्षीय मियालाई नोबेलले पिटिएमसी पद्धतिबाट उपचार गरेर निको बनाएको हो । ‘१५ बर्ष अघि देखि मुटुक...
सिराहाको मार्डरमा प्रहरीले गोली चलायो

सिराहाको मार्डरमा प्रहरीले गोली चलायो

काठमाडौं– सिराहाको सुकचैना–१५ स्थित मार्डरमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई फलो गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । सिरहाको बोर्डर नजिकै मार्डर भन्ने स्थानमा प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव घाइते भएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए । ‘आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि फलो गरिरहेको थियो’ डि...
झापामा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

झापामा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

  झापा, माघ ०४ गते ।  झापाको शिवसताक्षी नगरपालिका - ५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिनको १२:०० बजेको समयमा स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला परेका थिए । बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकि...
बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

दमक, ४ माघ । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहुँको गुणस्तरीय बीउ प्रशोधन तथा उत...
तेह्रथुमका धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुमका धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुम, ४ माघ । गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोको प्रदूषण फैलिएको हो । धुलोका कारण गाउँका बासि...
स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिने

स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिने

लहान, ४ माघ । सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ । धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ महीनादेखि राजश्व तथा व्यक्तिगत घटना दत्र्...
अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

भद्रपुर, ४ माघ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ । नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बस्नुभए...
डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

इलाम, ३ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इ...
धनकुटेलीले मनाए कालो दिन : स्थायी प्रादेशिक राजधानी माग्दै जुलुश प्रदर्शन

धनकुटेलीले मनाए कालो दिन : स्थायी प्रादेशिक राजधानी माग्दै जुलुश प्रदर्शन

धनकुटा, ३ माघ । प्रादेशिक राजधानीका लागि आन्दोलित धनकुटावासीले आज कालो दिन मनाएका छन् । गत बर्ष आजकै दिन विराटनगरलाई अस्थायी प्रादेशिक राजधानी तोकिएको थियो । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त भएरपनि अन्यत्र राजधानी तोकिएको विरोधमा जिल्लाबासीले प्रदर्शन गर्दै कालो दिन मनाएका हुन् । विरोध स्वरुप मदन चौकबाट शुरु भएको जुलुशले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चा...
error: Content is protected !!