झापा, २ माघ । झापामा ६५ बर्षीया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै झापा गाउँपालिका–२ का १९ बर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएराति १० बजे बृद्धालाई जबरजस्तीकरणी गरेको बताईएको छ । घटनाको जानकारी पाएर ईलाका प्रहरी कार्यालय कुमोरखोदबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।