- संगालोखबर सम्वाददाता

धनकुटा, २ माघ । धनकुटालाई प्रदेश नं. १ को स्थायी राजधानी बनाउन अव पुनः आन्दोलन थालिने भएको छ । धनकुटामा आज भएको सर्वपक्षीय भेला तथा अन्र्तक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो ।

Advertisement

कार्यक्रममा सहभागिहरुले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् ।

कार्यक्रममा नेकपाका नेता दुर्गा लिंखा, कांग्रेस सचिब विजयसन्तोषी राई, संघिय समाजवादी फोरमका सरोज आठपहरिया, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ लगायतले धनकुटालाई बचाउँन अव आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए ।

त्यस्तै आन्दोलनका अभियान्ता विष्णु पौडेल, सत्यनारायण श्रेष्ठ, सुजनभाई जोशी, मञ्जु पौडेल लगागयतले पनि अव निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

प्रादेशिक राजधानीको माग गर्दै आएका धनकुटाबासीले यसअघि पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि जिल्लाबासीले आमहड्ताल गरेर पूर्वी पहाडी जिल्ला ठप्प बनाएका थिए ।

बिराटनगरलाई अस्थायी राजधानी घोषणा गरिदा त्यसको बिरोधमा तोडफोड र आगजनीसहित हिंसात्मक प्रदर्शनमा उत्रिएका धनकुटेलीहरु । फाईल तस्वीर : संगालोखबर

राजधानी आन्दोलनले उग्ररुप लिएपछि धनकुटामा प्रशासनले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको थियो ।

धनकुटा बजारमा भोली बृहत जुलुश प्रदर्शन गरिने

धनकुटालाई प्रदेशिक राजधानी घोषणा गर्न माग गर्दै भोली (बिहिबार) धनकुटा बजारमा बृहत जुलुश प्रदर्शन गरिने भएको छ । आज बसेको सर्वपक्षिय भेलाले धनकुटालाई स्थायी राजधानी बनाउँन दवावस्वरुप प्रदर्शन गर्ने निर्णय गरेको हो ।

दिउँसो १२ बजे मदनचौकमा भेला भएर बृहत प्रदर्शन गर्ने तयारी भएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । ‘बृहत प्रदर्शन गरेर धनकुटेली निदाएका छैनन् भन्ने देखाउँन खोजेको हौ ।’ श्रेष्ठले संगालोकर्मीसँग भने ‘अव आवश्यकता अनुसार निर्णायक आन्दोलनका लागि जिल्लाबासी तयार भएका छन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!