नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले तीन अर्ब लगानी गरेर क्यान्सरको उपचार सेवा विस्तार गरेको छ । बेग्लै भवन निर्माण गरेर अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन गरी नोबेलले क्यान्सरको सम्पूर्ण उपचार सेवा विस्तार हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका पिता लोकनाथ र माता होमादेवी न्यौपानेले मङ्गलबार रिबन काटेर औपचारिक उद्‌घाटन गरेपछि नयाँ भवनबाट उपचार थालिएको हो । नोबेलमा ...
पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । असोज ४ र ५ गते जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी गर्न लागिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए । कार्यशालामा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले बताए । कार्यशालाका...
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेस सहभागी छ । संविधानको धारा १६८ (५) अनुसार गत बैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार...
मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...
विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो । हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो । गाडी चालक सुनस...
धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् । तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो ग...
अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन 

अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन 

झापा । झापामा अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । जबरजस्ती करणी मुद्दाका कैदी फरार भएपछि झापाका सहायक जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा समिति गठन गरिएको हो । भद्रपुर नगरपालिका-५ घर भएका २४ वर्षीय जीवन साह गत शनिबार राति प्रहरीलाई झुक्याएर ओमसाई पाथिभरा अस्पतालबाट फरार भएका थिए । झापा जिल्ला अदालतले साहलाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोप...
मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ मा विषालु सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । आज बिहानको राति पिसाब फेर्न घरबाट बाहिर निक्लिएकी बिजु मुर्मूकी ८ वर्षकी छोरी चाँद मुर्मूलाई सर्पले डसेको थियो । गम्भीर घाइते उनको उपचारका लागि कोशी अस्पताल ल्याउना साथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

धनकुटा । विष खाँदा गम्भीर अवस्थामा पुगेका धनकुटाको पाख्रीवासका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–४ का ६० वर्षीय खेमबहादुर भण्डारीले गत आइतबार बिहान मेटासिट नामक विषादी खाएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ३ बजे भण्डारीको मृत्यु भएको भतिज गोविन्द भण्डारीले बताए । मृतकको शवलाई पोष्टमार्टम...
कोशीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै 

कोशीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै 

विराटनगर । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै गत साउन ११ गते सरकार...
कोशीमा बुधबार झाँगड समुदायलाई सार्वजनिक बिदा

कोशीमा बुधबार झाँगड समुदायलाई सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले असोज २ गते बुधबार झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै करम पुजा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ । २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट ४३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान विराटनगर-१५ बाट भारततर्फ जाँदै गरेको अवस्थामा बा ८ च ७८८० नम्बरको कारबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी ...
कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

विराटनगर । कोशी प्रदेश एक हजार बढीमा डेंगु सङ्क्रमण भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोशीमा एक हजार २७ जनामा डेंगु सङ्क्रमण भएको छ । देशभर नौं हजार चार सय ८६ जनामा डेंगु सङ्क्रमण भइसकेको छ । सङ्क्रमित सङ्ख्यामध्ये चार हजार पाँच सय ३९ जना सङ्क्रमित गण्डकी प्रदेशमा छन् । बागमतीमा दुई हजार चार सय ५३, मधेसमा एक सय ८०, लुम्बिनीमा छ सय ४४, कर्णालीमा एक सय ३९...
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-२ का ३३ वर्षीय महेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो । सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर राजवंशीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अन...
धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोलाबाट चोरीका मोटरसाइकल र स्कुटरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले हिँजो चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी-३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ वर्षीय आयुश विश्वकर...
मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् । हिँजो साँझ जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् । बिरामी पर्नेमा ५८ वर्षीया बलमाया राई, २५ वर्षीय सुजन राई, १८ वर्षीय कुमार राई र २४ वर्षीया मञ्जु राई रहेका छन् । उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्न...
विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटन...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...
धनकुटाका भण्डारीले खाए विष

धनकुटाका भण्डारीले खाए विष

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-४ का ६० वर्षीय खेम बहादुर भण्डारीले विषादी सेवन गरेका छन् । उनले आज बिहान मेटासिट नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘भण्डारी बिहान घरबाट निस्केका रहेछन् । पछि घरमा आएर मैले मेटासिट खाँए भनेपछि परिवारले थाहा पाएछन् ।’ भण्डारीलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् थप उपच...
निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

धनकुटा । धनकुटामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २८ जना बालबालिका लाभान्वित भएका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा औषधि वितरण गरिएको थियो । सोही अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । बालबालिकाहरूको स...
धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३० वर्षीय विजय दर्जीले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा दर्जीले २५ वर्षीया सरिता दर्जीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजेको समयमा विजयले पत्नीमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरसँग भने, ‘पत्नी ग...
ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर...
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । ताप्लेजुङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...
विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रि...
दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् । मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईल...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो । आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् । सोही क्रममा जिन्सी...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशमा काङ्ग्रेसबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारमा सहभागी मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । काङ्ग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सदानन्द मण्ड...
error: Content is protected !!