थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि
विराटनगर । थ्रीस्टार क्लबले ९ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...





























