धनकुटामा मनाइयो मदन आश्रित स्मृति दिवस
धनकुटा । धनकुटामा पनि ३२ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । आज नेकपा एमाले धनकुटाले स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै मदन आश्रित दिवस मनाएको हो ।
धनकुटा नगरपालिका-७ स्थित मदन चोकमा रहेको स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको हो ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राई, धनकुटा अध्यक्ष शिव आङ्ला, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई,...































