विराट धर्मशालाद्वारा दुई जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
विराटनगर । विराटनगर-३ स्थित विराट धर्मशाला सङ्ग्रहालय एवं पुस्तकालयले जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसरमा नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो ।
आज आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को प...





























