प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाझियो राय
विराटनगर । प्रस्तावित विद्यालय शिक्षा विधेयक माथिको सुझाव सङ्कलनका क्रममा सरोकारवालाहरूले आ-आफ्नै राय प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले विराटनगरमा प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि सुझाव सङ्कलन गर्ने क्रममा उनीहरूको राय बाझिएको हो ।
विषय विज्ञ डाक्टर विष्णु बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै अबको शिक्षा सीपमूलक र रोजगारीमूलक हुनुपर्ने सुझाव दिए ।...






























