इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।
आफ्नै निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए ।
छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएकोमा चिकित्सकले मृ...






























