सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ मा आगलागी भएको छ । बिहीबार अपरान्ह भएको आगलागीबाट १० घर ध्वस्त भएका छन् ।
प्रहरीका अनुसार पाँच परिवारको १० घर जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ । झिँगा र लामखुट्टे भगाउने धुपबाट घरमा आगो सल्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेर खरानी भएको हो ।
...





























