संगालोखबर
फाइल तस्वीर

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा आज उनीहरूको शव भेटिएको हो ।

कानेपोखरी र ग्रामथानमा दुई जना पुरुष मृत फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

कानेपोखरी गाउँपालिका-४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका-८ का ७५ वर्षीय लाखबहादुर राईको शव फेला परेको हो ।

यस्तै ग्रामथान गाउँपालिका-६ का ३५ वर्षीय सत्यनारायण भगतको शव घर नजिकैको पैनीमा भेटिएको छ । उनी माछा मार्न गएकोमा बेपत्ता भएका थिए । विराटनगरको सिंघिया भेटिएको शवको पनि पहिचान खुल्न बाँकी छ ।

शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको डीएसपी जोशीले संगालोखबरलाई जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!