विराटनगरको गोल्छा आँखा अस्पतालमा तीलगंगाका डाक्टरहरूको सेवा
विराटनगर । विराटनगर-७ स्थित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् । हप्तामा दुई दिन तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् ।
बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो-रेटिना सर्जन प्रा.डा. रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् । उनको सेवाबाट मधुमे...



























