कालिकोटवासीले नेतालाई राखे एउटै सर्त पानी खान देऊ, भोट लैजाऊ
कालिकोट, २७ कात्तिक । जिल्लाको पचालभरना गाउँपालिका ८ का तोलीभीर ठूलाचौरका स्थानीयवासीले आफूहरूलाई पानी दिनेलाई मात्र भोट दिने बताएका छन्।
गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले पानी दिनेलाई मात्र भोट दिने बताएका हुन्। गाउँमा कुनै राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको तर, गाउँमा कोही पार्टीको उम्मेदवार भोट माग्न आएमा पहिलो प्राथमिकता खानेपानी माग गर्ने रहेको यहाँका स्थानीयले बताएका ...


























