अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको यहाँको सेनाले जनाएको छ ।

पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो ।

Advertisement

“कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको मृत्यु भएको छ,” फकिरीले भन्नुभयो । यस कारबाहीमा भएको तालिवानी समूहतर्फको क्षतिबारे तालिवानी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!