जनावरहरु पनि अनौठो आनीबानीका हुँदा रहेछन् । यस्तै अनौठो बाँदर हालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ ।

Advertisement

यो बाँदर पेट्रोल चोर बाँदर हो । यसले स्थानीय व्यस्त बजारको पार्किङहरुमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको छ ।

मोटरसाइकल ठड्याएको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पार्दछ । त्यसपछि उक्त पाइपबाट बग्ने बाइकको पूरै पेट्रोल खाइदिन्छ ।

यो बाँदरले न त कुनै पसलमा गएर सामान चोर्दछ, न त खानेकुराहरु मानिसबाट खोस्दछ । उसले मात्र मोटरसाइकलको प्रतीक्षा गर्दछ । यदी कसैले मोटरसाइकल ल्याएर ठड्याएको देख्ने बित्तिकै त्यहाँ पुगेर बाइकको पाइप टोक्न सुरु गरिहाल्छ ।

यो बाँदर अहिले सोसल मिडियामा पनि चर्चित बनिरहेको छ । यो बाँदरको बानी छुटाउनका लागि यसलाई बाइकको पेट्रोल चोर्दाचोर्दै देखेर धेरैचोटि मानिसहरुले लखेटे पनि । तर उसले न त बानी नै छाड्यो, न त आफ्नो इलाका ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!