काठमाडौँ, २६ कात्तिक । ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ ।

Advertisement

सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।

ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो । ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!