भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित
काठमाडौँ, १७ कात्तिक । संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन ( युनेस्को )का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उहाँले भूमण्डलीय तापक्रम वृ...
























