काठमाडौं, २६ कात्तिक । आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् ।

काठमाडौंको जोरपाटी गाविस–२, नयाँ बस्तीमा डेरा गरी बसेका वेला उनले आफ्नी १८ वर्षीय श्रीमति रविना विकलाई हतियार प्रहार गरी हत्या गरेका थिए ।

Advertisement

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि लउनलाई पोखराको लेखनाथ महानगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।

उनीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!