मलेसिया, २६ कात्तिक । मलेसियन सरकारले अवैधानिक श्रमिकहरुलाई घर फिर्ता गर्नको लागि दिएको समय अब करीव डेढ महिना मात्र बाँकी छ ।

Advertisement

यसै बीचमा नेपाली दूतावास मलेसियाले अवैधानिक नेपालीहरुलाई घर फर्काउनको लागि अध्यागमन प्रकृयामा आवश्यक प्रकृया पूरा गर्न हारफासे रिसोर्स एसडीएन बीएचडी भन्ने मलेसियन सँस्थालाई जिम्मा दिएको छ ।

घर पठाउने बहानामा विचौलियाहरुले अत्यधिक रकम लिएर अलपत्र पार्ने गरेको गुनासो बढ्न थालेपछि दूतावासले अध्यागमनको थप प्रकृया अगाडि बढाउन हारफासेलाई जिम्मा दिएको हो ।

मलेसियन सरकारले २०१७ अपि्रलदेखि डिसेम्बर २०१७ सम्म अवैधानिक श्रमिकहरुलाई भोलेन्टियरी डिपोटेशन प्रोगाम अन्तर्गत र्फकन आग्रह गरिरहेको छ ।

यो कार्यक्रम अन्तरगर्त श्रमिकहरुलाई स्वदेश फर्काउनको लागि मलेसियन सरकारले विभिन्न आठवटा मलेसियन कम्पनीलाई अनुमतिपत्र दिएको बताइएको छ ।

अनुमतिपत्र पाएको संस्थाहरुमध्ये हारफासे भन्ने संस्थालाई श्रम मन्त्रालय र परराष्ट मन्त्रालयले समेत स्वीकृति दिएपछि काम सुरु भएको गैरआवासीय नेपाली संघको एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमानसिंह वस्न्यातले वताए । उनले भने-‘सबै प्रकृया पूरा गरे पश्चात हारफासे संस्थालाई जिम्मा दिएका छौ,उनीहरुले सहज रुपमा अध्यागमनको काममा सघाउने छन ।

विचौलियाहरुको भर नपर्न र कसैले ठगेको थाहा पाएमा तत्कालै दूतावासमा खवर गरिदिएमा कारवाही गर्ने दूतावासले आग्रह गरेको छ ।

हारफासेको सहयोगमा एक नेपाली फिर्ता

मलेसियामा अवैधानिक अवस्थामा रहेका नेपाली श्रमिकहरुलाई अध्यागमनको प्रकृयामा सहयोग पु¥याउन जिम्मा पाएको हारफासे रिसोर्स एसडीएन बिचएचडीले एक नेपालीलाई सहयोग गरी नेपाल फिर्ता पठाएको छ ।

कमलामाई नगरपालिका वडा न ५ सिन्धुली घर भई सेलागरको पुचोगमा रहेको एक रेष्टुरेण्टमा कार्यरत देवराज विसुखेलाई सहयोग गरी नेपाल पठाएको हो ।
नेपालको मेनपावरले जापानिज रेष्टुरेण्ट भनेर झुक्याएर विसुखेलाई चाईनिज रेष्टुरेण्टमा काममा लगाएको थियो ।

काम गर्न नसक्दा पिटाई समेत खानु परेपछि काम छाडेर उद्धारको पर्खाइमा रहेको विसुखेलाई हारफासेले उद्धार गरेको हो ।

उनलाई नेपाली दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क बनाइदिएको थियो भने हारफासे भन्ने संस्थाले अध्यागमनमा लाग्ने खर्च,हवाई टिकट, खान बस्न र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याएको थियो ।

कुनै पनि नेपालीहरुलाई दुःख परेको र घर र्फकनै नसक्ने अवस्था भएमा आधिकारिक निकायबाट आएमा निरन्तर सहयोग गर्ने बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!