एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गरिने 

एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गरिने 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ । २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । जस...
पक्राउ पछि रिहा भइन् जेनजी रेड फोर्सकी संयोजक तिमल्सिना

पक्राउ पछि रिहा भइन् जेनजी रेड फोर्सकी संयोजक तिमल्सिना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । आज बिहान ११ बजे सादा पोसाकमा खटिएको प्रहरी टोलीले खनामनगरबाट उनलाई नियन्त्रणमा दिएको थियो । त्यसलगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर लगिएको थियो । सरकारको आलोचना गरेको आरोपमा आफूलाई नियन्त्रणमा लिइएको तिमल्सिनाले बताएकी छन् । प्रहरी कार्यालयमा उनलाई आगामी दिन...
आज यी स्थानमा असिनासहित वर्षाको सम्भावना

आज यी स्थानमा असिनासहित वर्षाको सम्भावना

विराटनगर । आज पहाडी र हिमाली भेगका धेरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही ठाउँहरू तथा बाँकी भू-भागका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ...
कोशीका ८० हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

कोशीका ८० हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

विराटनगर । चैत १९ गतेबाट सुरु हुने एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन् । निर्देशनालयका अनुसार कोशी प्रदेशभरि ३३२ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष र ४ हजार ६३ निरीक्षक तोकिएको छ ...
हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध हर्क साम्पाङले उजुरी दिएका हुन् । ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउ...
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बोर्डले युनियन भंग गरेको हो । युनियनका अध्यक्ष राजु आलियाले आज जारी गरेको सूचना अनुसार यो युनियन आजैदेखि भंग भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरूमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मि...
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनको विषयलाई लिएर ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको गुण्डुस्थित निवासबाट ओली र भक्तपुरको कटुञ्जेस्थित निवासबाट लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

विराटनगर । दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । खराब मौसमका कारण उक्त हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको हो । मौसम खराबीका कारण लप्चीमा आकस्मिक अवतरण गरिएको अवस्थामा हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइप...
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन भएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उक्त क्षेत्रबाट सम्पर्कविहीन भएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यस विषयमा थप विवरण आउन बाँकी छ ।
देशभर रामनवमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा

देशभर रामनवमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा

विराटनगर । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा-आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ । धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ । रामनवमीका दिन व्रत बस्ने, पवित्र नदी, ताल तथ...
भोलि र पर्सि हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना

भोलि र पर्सि हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना

विराटनगर । भोलि देशको हिमाली भू-भागमा अधिकांश, पहाडी भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्...
आमाको नामबाट २ हजार ९४८ जनाले लिए नागरिकता

आमाको नामबाट २ हजार ९४८ जनाले लिए नागरिकता

काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली २०८२ जारी भएदेखि आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि अहिलेसम्म नयाँ व्यवस्थाअनुसार उनीहरूले नागरिकता प्राप्त गरेका गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको थियो । गएको पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत...
आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

विराटनगर । जल तथा मौसम विज्ञान विभागले देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने जनाइएको छ । पोखराको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सिय...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभा...
शनिबार विराटनगर, धरान र धनकुटामा तीव्र हावाहुरीको सम्भावना

शनिबार विराटनगर, धरान र धनकुटामा तीव्र हावाहुरीको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आगामी तीन दिन देशका विभिन्न भागमा प्रतिकूल मौसमको सम्भावना रहेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आज सूचना जारी गर्दै प्राधिकरणले शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने देखिएको जनाएको छ । मौसममा आउने यो परिवर्तनसँगै शु...
महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रका नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त...
मनमोहनमा सी जिनपिङको पुस्तक जलाएको घटनाप्रति चीनको चासो

मनमोहनमा सी जिनपिङको पुस्तक जलाएको घटनाप्रति चीनको चासो

विराटनगर । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको घटना प्रति चीनले चासो देखाएको छ । चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन द...
आज पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङको सम्भावना

आज पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङको सम्भावना

विराटनगर । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले आज देशका केही स्थानमा दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ । प्रि-मनसुनको समय भएकाले दिउँसो र बेलुकीपख मौसममा अचानक बदलाव आउने भन्दै मौसमविद्हरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनास...
ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले मध्यपूर्वमा उत्पन्न परिस्थितिका कारण सिर्जना भएको त्रास र बजारमा देखिएको कृत्रिम अभावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग र नेपाल खाद्य व्यवस्था कम्पनीलगायतका निकायहरूको अनुगमन गर्दा प...
आइतबारसम्म वर्षा र हिमपातको सम्भावना 

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना 

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज देशको मध्य र पूर्वी क्षेत्रमा मौसमको बढी प्रभाव पर्ने देखिएको छ । आज कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । त्यसैगरी मधेश,...
राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सम्भावना

राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सम्भावना

काठमाडौं । राहदानी विभागले राहदानी छपाइ र वितरणका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी आधुनिक प्रणाली कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ । विभागले राहदानी प्रणाली र पुस्तिका लगायतका आवश्यक पूर्वाधार तयार पारिसकेको जानकारी दिँदै आगामी एकदेखि दुई महिनाभित्र हालको प्रणालीलाई नयाँमा स्थानान्तरण गर्ने योजना बनाएको हो । पुरानो प्रणालीबाट नयाँमा ‘स्विच’ हुने अन्तरिम अवधिमा राहदानी सेवा केही ...
विराटनगरमा बढ्न थाल्यो गर्मी, कहाँको तापक्रम कति ?

विराटनगरमा बढ्न थाल्यो गर्मी, कहाँको तापक्रम कति ?

विराटनगर । देशभरका सहरहरूमा तापक्रम क्रमशः बढ्दै जाँदा विराटनगरमा गर्मीको महसुस बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार विगत तीन दिनयता विराटनगरसहित तराई तथा मधेसका धेरैजसो सहरको अधिकतम तापक्रम उकालो लागेको छ । विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । यो तापक्रम हाल देशभरका प्रमुख सहरहरूमध्येकै उच्च मध्येको एक हो । ...
चुनावको हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन : डा. सुनिल शर्मा 

चुनावको हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन : डा. सुनिल शर्मा 

विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले चुनाव हारजितले सामाजिक सेवामा कुनै प्रकारको असर नगर्ने बताएका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) ले विगतमा झैँ आगामी दिनमा पनि नागरिकहरूको सेवा र सहयोगका कार्यहरूलाई देशभर निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय बजारमा विभिन्न किसिमका भ्रम र हल्लाहरू फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँद...
देशभर ६० प्रतिशत मत खस्यो 

देशभर ६० प्रतिशत मत खस्यो 

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत देशभर ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको...
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

विराटनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजे सकिएको हो । मतदानको समय सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ । मतदान सकिएपछि मतगणना स्थलसम्म मतपेटिका सकल गरिने छ ।
अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

विराटनगर । अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदाताका लागि निर्वाचन आयोगले विशेष सहजता प्रदान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा उनीहरूलाई विशेष सहजता प्रदान गरिएको बताएका हुन् । मतदान केन्द्रसम्म पुग्न उनीहरूलाई सवारी साधनको पासको झन्झट हटाइएको उनले बताए । उनीहरूले एकजना सहयोगी लिएर सवारी साधनमा सिधै मतदान केन्द्रसम्म जान पाउनेछन् घिमि...
मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो । भोलि देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू...
नेपाल-भारत सीमा नाका बन्द

नेपाल-भारत सीमा नाका बन्द

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विराटनगरको रानीसहितका नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि देशभरका सीमा नाका बन्द गरिएको हो । सोमबार राति १२ बजेदेखि बन्द भएका सीमा नाका फागुन २१ गते राति १२ बजेसम्म बन्द हुनेछन् । निर्वाचनको सुरक्षाका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त रुपमा ...
प्रतिनिधिसभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

प्रतिनिधिसभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनाव प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ । आयोगले यस अवधिमा चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा...
आज हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

विराटनगर । आज हिमाली तथा पहाडी जिल्लामा हर्षाेल्लासका साथ फागुपूर्णिमा अर्थात होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो । केही वर्षअघिसम्म काठमाडौं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपर...
निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भएमा सरकारले उपचार गर्ने

निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भएमा सरकारले उपचार गर्ने

काठमाडौं । सरकारले आगामी निर्वाचनको सुरक्षामा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले खर्च बेहोर्ने निर्णय भएको बताए । गृहमन्त्री अर्यालका अनुसार निर्वाचनको दौरान घाइते हुने नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले निःशुल्क गर्ने निर्...
error: Content is protected !!