आजबाट छठ पर्व शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै
विराटनगर । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।
चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यो विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै, मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पक...




























