कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले जेनजी आन्दोलनका कारण स्थगित भएको पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको हो । यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका थियो । बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषय मात्र भएकाहरूको लागि सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यस्तै दुई विषयम...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

विराटनगर । आज पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति ...
बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् । आज केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले एकतर्फी भएपनि माया गर्न नछाड्ने बताएका हुन् । हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरिरहेका थिए । हर्कले लगातार गाली गरेपछि बालेनले स्टाटस लेख्दै हर्कलाई फकाउन खोजेका छन् । ‘डियर हर्क ...
नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गएराती जेनजीहरुले नै प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीले युवाहरूसँग समन्वय नगरी आफूखुसी मन्त्रीहरू नियुक्त गरेको भन्दै जेनजी समूहको अगुवाई गर्दै आएका सुदन गुरुङसहितको समूहले नारावाजी गरेको हो । सो क्रममा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिको परिवारका सदस्यहरू पनि सहभागि थिए । उनीहरूले ‘...
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ । एक सूचना जारी गर्दै विभागले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । सोहीकारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण ...
प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । जेनजी अर्थात युवा पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार प्रधानमन्त्री बनेकी हुन् । उनले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिन् । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै प...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् । जेनजी आन्दोलनको बलमा उनी प्रधानमन्त्री बसेकी हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरेर उनलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।
आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

विराटनगर । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा भएका त्यस्ता घटनाका तस्बिर तथा भिडियो मेल ([email protected]) मा पठाइदिन आग्रह गरेको हो । ‘काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटप...
संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै नेपाल बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो । केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै एसोसिएसनले बेलुका ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने तयारी गरेको छ । कान...
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नियमित पठनपाठन छठ पर्वपछि मात्रै हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण समस्या भएको जनाउँदै आगामी कात्तिक ११ गतेपछि मात्रै पठनपाठन सुरु हुने जनाएको हो । हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यु

देशभर निषेधाज्ञा र कर्फ्यु

विराटनगर । नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट गरिरहेको सेनाले उल्लेख गरेको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि स...
प्रचण्ड निवासमा तोडफोड र आगजनी

प्रचण्ड निवासमा तोडफोड र आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् । उनको निवास नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्ड निवास पुगेर ढुंगामुढासँगै आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सोमबारबाट चर्किएको जेनजी पुस्ताको आन्दोलन आज थप चर्किएको छ ।
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले सुरुमा मन्त्री गुरुङको घरमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि आगजनी गरिएको हो ।  
गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर धेरैको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गोलीसमेत चलाएको थियो । सो क्रममा हालसम्म...
अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंमा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो । प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । इटहरीका भने प्रदर्शनकारीको गोली लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको हो । प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिचय खुलेको छैन । प्रदर्शन...
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । सामाजिक सञ्जाल  बन्द र भ्रष्टाचारको विरोधमा युवापुस्ताको आन्दोलन चर्किएका बेला आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, विराटनगर, इटहरी लगायत देशका ठूला शहरहरूमा आन्दोलन जारी...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलेको छैन । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्...
जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टर र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । यस्तै केएमसीमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्र...
अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ । गोली लागेर घाइते भएका एक २० वर्षीय युवाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न बाँकी छ । यसअघि गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदर्शनमा करिब ७०/८० जना घाइते भएका र उनीहरूको विभिन्न अस...
बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

विराटनगर । आज जेनजी पुस्ताले प्रदर्शन गर्ने भएका छन् । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्न लागेका हुन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् । प्रदर्शनको उद्देश्य भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता ...
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक ब...
यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

विराटनगर । सरकारले दर्ता प्रक्रियामा नआएका भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै दर्ता प्रकृयामा नआएका सामाजिक सञ्जाल बन्द गर्न लागिएको हो । नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत भइसकेका मन्त्रालयले जनाएको छ । यी पाँचवटा प्लेटमर्फ भने सञ्चालन हुनेछन् । मन्त्रा...
फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

विराटनगर । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय...
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी प्रदान गरेका हुन् । भदौ १३ को मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई आजबाट लागुहुनेगरि प्रहरी प्रमुखमा नियुक्त ...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
आज यी नदीमा छ बाढीको जोखिम

आज यी नदीमा छ बाढीको जोखिम

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली भइरहेको छ ।  कोशी, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, ...
डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । केसीले आजबाट कैलाली गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह सुरु गरेका हुन् । यो उनको २३ औं सत्याग्रह हो । यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने...
३२ औं प्रहरी महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

३२ औं प्रहरी महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौं । ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उनले भदौ १८ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी समाल्नेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश...
आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदै

विराटनगर । आज नेपाली महिलाहरूले धुमधामका साथ हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्त...
सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

विराटनगर । सरकारले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै गरेको निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ । नेपाली भाषा र लिपिको अस्तित्व संकटमा पार्ने गरी गरिएको निर्णय तत्कालै सच्याउनुपर्ने भन्दै परिषद्ले देशैभरबाट ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको परिषद्ले आज भौतिक पूर्...
यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि पठाएअनुसार ती कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका यी क...
error: Content is protected !!