तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

ml तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका छवटै...
संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उह...
प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

काठमाडौँ। सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

गौशाला। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो । उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपाल...
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

काठमाडौ। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्र...
राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार

  विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ । निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।” उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय जनता...
निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ : बिजुक्छे

निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ : बिजुक्छे

नगरकोट । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताउनुभयो । सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल ...
‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’

‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’

काठमाडौँ। नेकपा (एमाले)का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताउनुभएको हो । उहाँले “राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएक...
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

भीमदत्तनगर। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भीमदत्तनगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ । गत संव...
धनकुटामा माओवादी केन्द्रले यसरी गर्यो उम्मेदवार घोषणा (भिडियोसहित)

धनकुटामा माओवादी केन्द्रले यसरी गर्यो उम्मेदवार घोषणा (भिडियोसहित)

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मंगलबार धनकुटाका सात वटै स्थानीय तहका उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा ¥यालीसहित उम्मेदवार घोषणा सभा गरी केन्द्रले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक गरेको हो । माओवादी केन्द्रले धनकुटा नगरपालिकाको मेयरमा केन्द्रिय सल्लाहकार समिति सदस्य गणेश बिष्टलाई उम्मेदवार घोषणा गरेको छ । त्यस्तै उप–मेयरमा ज...
‘दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा’

‘दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा’

काठमाडौ। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताउनुभयो । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ...
ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री जनार्दन शर्माले जनताले अनुभव गर्ने गरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई संयुक्त रुपमा निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – “विद्युत् कटौतीको अन्त्य जस्तै नेपाली जनताले अनुभव गर्ने गरी काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्नोस् ...
एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

रुकुम। दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दाइ हर्कप्रसाद सुनार नेकपा (एमाले)बाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा (माओवादी केन्द्र)बाट दलित महिला...
स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ । आ—आप्mनो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् । जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र न...
‘तोकिएको समयमा निर्वाचन हुन्छ’

‘तोकिएको समयमा निर्वाचन हुन्छ’

बझाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले पे्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ ...
राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो

राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो

रामपुर (पाल्पा) । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो । तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेको नाम सिफारिस गरेको छ । यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना,...
काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोड...
महालक्ष्मीमा एमालेको घरदैलो अभियान जारी

महालक्ष्मीमा एमालेको घरदैलो अभियान जारी

धनकुटा। असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा चुनावी अभियान जारी राखेको छ । अभियान अन्तरगत एमालेले साेमबार महालक्ष्मी नगरपालिका २ मारेककटहरेमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन गरेको छ । अभियानमा एमाले नेता सुरेन्द्र पौडेल, इन्द्रमणी पराजुली, दिपक बुढाथोकी, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्...
कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

कोहलपुर (बाँके)। लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपा...
तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।” नेपाली का...
सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

काठमाडौ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जना...
पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो । उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन ह...
मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

रुकुम। आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो । साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान...
आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, न...
लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश

लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश

धनकुटा। नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीमा आईतबार चुनावी सभा गरेको छ । सभामा एमाले नेता इन्द्रमणी पराजुली, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी, ५ नम्बर वडाध्यक्षका उम्मेदवार शिव तुम्वा लगायतले संबोधन गरेका छन । सभालाई संबोधन गर्दै एमाले नेताहरुले चुनावका वेला मिठा कुरा गर्ने पार्टीहरुको पछि नलागी गाउँको विकास गर्...
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

काठमाडौ। सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । न्या...
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

महेन्द्रनगर (धनुषा) । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको छ । अर्कोतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा लागे पनि आकाङ्क्षी बढी भ...
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

काठमाडौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ । ...
राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

काठमाडौ । सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्...
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

इटहरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो । दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर र...
झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

दमक। झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ । संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक...
error: Content is protected !!