धनकुटामा नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो: सह-महामन्त्री थापा
धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन् । गृह जिल्ला धनकुटामा वुधवार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै सह–महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।
धनकुटाका गाउँ–गाउँमा भ्रष्टाचार मौलाएको भन्दै नेता थापाले नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसकेको बताए । ‘धनकुटाका जति ठाउ...





























