पाँचथरमा एक पुरुष मृत भेटिए

पाँचथरमा एक पुरुष मृत भेटिए

विराटनगर । पाँचथरमा एक पुरुष मृत भेटिएका छन् । तुम्बेवा गाउँपालिका-२ स्थित सावा खोलामा अन्दाजी ६० वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । खोला किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको उनले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र मृतकको पहिचानका लागि गृहकार्य भ...
दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु, आमा घाइते

दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु, आमा घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना मोटरसाइकल चालक ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिका-११ का अन्दाजी २८ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको हो । हिजो दिउँसो इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको बा.प्र.०२-०१८ प ७१७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम...
विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगरको मुन गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको मुन गजलका सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मोरङ प्रहरीका अनुसार गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि आज साँझ खुकुरी प्रहार भएको हो । उनको देब्रे हात र नाकमा चोट लागेको प्रहरीले जनाएको छ । उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि दुई जनाको समुहले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भगत माथि खुकुरी प्रहार गर्ने फरार छन् । उनीहरूको खोजी भइरहेको र घटनाका ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

विराटनगर । आज सुनको मूल्य बढेको छ । असोज २३ गतेपछि आजबाट कारोबार सुरु भएको सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ बढेको हो । आज दशैँपछिको पहिलो कारोबारको दिन सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत असोज २३ गते सुन तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोला...
धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटा । आठपहरिया समुदाय धनकुटामा मात्रै बसोबास गर्छन् । यो समुदाय धनकुटा बाहेक अन्य स्थानमा नरहेको बताइन्छ । धनकुटाका विभिन्न स्थानमा आठपहरिया समुदायका करिब ६ हजार मानिसको बसोबास छ ।  यो समुदायका मानिसले दशैं कहिल्यै मनाउँदैनन् । दशैं आउना साथ उनीहरूलाई सांस्कृतिक सहिदद्वय रामलिहाङ र रिदामको सम्झना आउँछ । कारण, जंगबहादुर राणाको समयमा उनीहरूलाई झुण्डयाएर मृत्युदण्ड दिइएको थियो ।   उनीहरूले दशै...
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर। झापामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-१० हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।  प्रहरीका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो ।  गएराति चारआलीबाट चन्द्...
धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटा । धनकुटामा फूलपाती बढाइँ गरिएको छ । आज बिहान प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि तल्लो टुँडिखेलमा पूजाआजा पछि फूलपाती बढाइँ गरिएको हो । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटा । पुरै गाउँ शाकाहारी ! यो वाक्य सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । धेरैलाई त विश्वास पनि नलाग्ला । तर धनकुटामा एउटा यस्तो गाउँ छ, त्यहाँका सबै घरपरिवार शाहाकारी छन् । उनीहरू माछामासु नखाने मात्र हैन पशुपक्षी समेत पाल्दैनन् । यो गाउँ सहिदभूमि गाउँपालिका-२ मा पर्दछ । साम्बु गाउँले परिचित यस ठाउँमा करिब डेढ सय घरपरिवार बस्छन् । उनीहरू माछामासु खायो भने पाप लाग्ने विश्वास गर्छन । राँगा, बङ...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ श्रीवानी सब्जीलाइनबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ घर भई श्रीवानीमा कोठा भाडामा बस्दै आएका निर्मल विश्वकर्मा र धनकुटा-७ बस्ने विजय मल्लिक छन् । निर्मलको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएराती करिब ११ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोइन, ट्रामनिल, ...
सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका-७ का ३१ वर्षीय हजरुल खातुनको घरबाट एक हजार दरका ५० वटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले खातुनलाई नक्कली नोटसहित पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एक हजार द...
उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ का ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ श्रीमतीको टाउको काटेर बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आज साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले संगालोखबरलाई जानकारी दिए । सामान्य घरायसी विवादका क्रममा २८ वर्षीय श्रीमती प्रमिला लामालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उनले जानकारी दिए । एसपी योगीका अन...
जिल्ला अस्पताल भोजपुर प्रथम

जिल्ला अस्पताल भोजपुर प्रथम

विराटनगर । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका विभिन्न मापदण्ड पुरा गर्दै जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा ८२.३१ अङ्क प्राप्त गरेर प्रथम भएको भोजपुरलाई सम्मान गरिएको छ । यस्तै ७८.७० अङ्क प्राप्त गर्दै तेह्रथुम दोश्रो र ७६.१२ अंक प्राप्त गर्दै उदयपुर तेश्रो भएको छ । स्वास्थ्य कार्यालयहरूमा ७६.६४ अङ्क ...
धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटा । धनकुटामा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको छ । धनकुटा नगरपालिका-७ स्थित जिरो प्वाइन्टमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनकुटाले  संयुक्त रूपमा कृत्रिम अभ्यास गरेका हुन् । अभ्यासका क्रममा मोटरसाइकल र सुमो ठोक्किएर दुर्घटना भएको नमुना प्रस्तुत गरिएको थियो । मोटरसाइकलमा सवार दुई जनाले ट्राफिक नियम पालना नगरी सवारी कुदाएको र दुई सवारी एक...
धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-५ मा पहिरोले ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ । आज प्रदेश सरकारले राहत स्वरुप एक लाख नगद सहयोग गरेको हो । कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले पहिरोले पूर्ण रूपमा क्षति भएको घर निर्माण गर्न थप ...
रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ पोखरी टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक धनपालथान गाउँपालिका-१ का ४६ वर्षीय राम बहादुर माझीको मृत्यु भएको हो ।  प्र १-०४-००१ त १००४ नम्वरको ट्याकटरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पैदलयात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेव र माझीकी श्रीमती ३६ वर्षी...
धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । पाख्रिबास नगरपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले गाँजा नष्ट गरेको हो । आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले  सहिदभूमिमा छ हजार पाँच...
सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका-१ का २६ वर्षीय बुद्धिमान तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले संगालोखबरलाई जानकारी दिए । खोटाङ यातायात प्रालिको टिकट र बैङ्कको...
माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

विराटनगर । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेका २५ वर्षीय रबिन तामाङ र सोही ठाउँका ४४ वर्षीया रोमा ठकुरी घाइते भएका छन् । तामाङको हात र पाखुरामा र ठकुरीको हात र कुममा चोट लागेको छ । उनीहरूको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । आज बिहान तेह्रथुमबाट धरान आउँदै ग...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका...
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ...
काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए । उनले संगा...
विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अन...
सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

खोटाङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहजिल्ला खोटाङका विभिन्न स्थानमा पुगेर मन्त्री राईले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको निरीक्षण गरी समस्याका विषयमा प्रभावित नागरिकहरूसँग जानकारी लिएका हुन् । उदयपुर र खोटाङ जिल्ला जोड्ने पक्की पुल बगाएको क्षेत्रमा पनि मन्त्री राईले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन...
धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटा । धनकुटामा सय शैयाको अस्पताल निर्माणको कामले गति लिएको छ । अस्पतालको समयमा नै काम सक्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको हो । प्रदेश सरकारको सहयोगमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँच तले भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ । २०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते नि...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय घटेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भ...
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् । सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...
कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले २०७४ सालदेखि अहिलेसम्म भएका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री भुपेन्द्र राईले आज पत्रकार सम्मेलन गर्दै मन्त्रालय अन्तरगत भएका र हुन बाँकी कार्यको प्रगति विवरण प्रस्तुत गरेका हुन् । मन्त्री राईले भने, ‘अहिलेसम्म भएका गतिविधि बताएपछि मात्र आफू अगाडि बढ्नुपर्ला भन्ने महसुस गरेर मन्त्रालयबाट भएका काम सार्वजनिक गरेको हुँ ।’ मन्त्री राईका अनु...
बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्‍याएको  छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्‍याएको बताए । मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको ...
विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण केही दिन अघि आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार...
पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । ट...
धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो । हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरल...
error: Content is protected !!