लहानमा विद्युत् चोरी गर्ने नौजना पक्राउ
लहान। अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ ।
विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ ।
टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितर...

