- संगालोखबर सम्वाददाता

धनकुटा । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तगत ३४ जिल्लामा जारी मतदानमा १ सय १५ बर्षसम्मका बृद्ध बृद्धाले मतदान गरेका छन । जनप्रतिनिधी चुन्नका लागि बृद्ध–बुद्धाहरुले पनि सकि–नसकि मतदानमा सहभागिता जनाएका हुन ।

नुवाकोटकाे ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

Advertisement

उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिनुभयो । विसं १९५९÷१२÷१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनुभयो ।

यस्तै नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गर्नुभयो । यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गर्नुभयो । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।

यता गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ ।  उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

स्थानीय तहको निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ स्थित चण्डी सामुदायिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै बुद्धा ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु गरियाे ।

प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् ।

त्यस्तैगरी पोखराकाे लेखनाथ महानगरपालिका– २६ मा १०३ वर्षीया अनुरुपा बन्जराले मतदान गर्नुभएको छ । उहाँले भवानी कालिका माविको ‘क’.मतदान केन्दबाट पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको थियो । त्यस्तै कास्की, मादी गाउँपालिका–४ माजडिहीका १०२ वर्षीय वामदेव सापकोटाले धु्रव माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै महानगरपालिका –१७, महतगाँैडाका– ८८ वर्षीय चन्द्रकान्त भण्डारीले जानकी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यता लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गर्नुभएको छ ।  दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यस्तै धादिङ सदरमुकाम नीलकण्ठस्थित मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरुबाट मतदान आरम्भ गरिएको छ । नीलकण्ठ–३, निवासी ९० वर्षीय रुपलाल श्रेष्ठले मतदान गरी स्थानीय निर्वाचनको मतदान आरम्भ गरिएको हो ।

रुपलाल मात्रै नभई ९० वर्षीय पुष्पराज सापकोटा, ८४ वर्षीय दिलबहादुर अमात्य, जीवनाथ रिजाललगायत वृद्ध र अशक्तलाई आरम्भमै मतदान गर्न दिइएको निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले जानकारी दिनुभयाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!