कालिकोट । कालीकोटको मालकोट गाउँपालिकामा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि गोली चलाउनु परेको बताए ।

निर्वाचन अधिकृत र सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गरेपछि प्रतिकार गर्नुपरेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!