- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको आँखिसल्लामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकमा कार्यरत धनकुटा नगरपालिका–९ की ३४ बर्षीया जमुना राई घाईते भएकी छन ।

उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

Advertisement
आँखिसल्लाको बिदाई चौक नजिक पल्टिएको ट्रक ।

ईटहरीबाट आँखिसल्लाको थलथले बजार तर्फ जाँदै गरेको ना.६ ख ७७८८ नम्बरको ट्रक खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–६ स्थित बिदाई चौक नजिक दुर्घटना भएको हो ।

आँखिसल्लाको बिदाई चौक नजिक पल्टिएको ट्रक ।

बिपरीत दिसाबाट आईरहेको माईक्रोलाई ‘साईड’ दिने क्रममा सडक छेउबाट ट्रक पल्टिएको स्थानीय सञ्चारकर्मी नरेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार थलथले बजारका लागि चामल, भुँस र अण्डा लिएर उक्त ट्रक आउँदै थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!