- संगालोखबर सम्वाददाता

धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । मंगलवार अपरान्ह ५ बजेसम्म ३० स्थानको मत परिणाम प्राप्त भएको छ । जसमा एमालेले अग्रता लिएको छ । ३० मध्ये एमालेले ११ स्थानमा बिजय हासिल गरेको छ भने ९१ स्थानमा अग्रता लिएको छ ।

३० स्थानको मतपरिणाम आउँदा काग्रेस दोस्रो स्थानमा छ । उसले ९ स्थानमा बिजय हासिल गरेका छ भने ८९ स्थानमा अग्रता लिएको छ ।
यता माओवादी केन्द्र भने ८ स्थानीय तहमा बिजयी भएको छ । उसले ४९ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै प्रमुख तीन दल बाहेक पनि दुई जना बिजयी भएका छन भने १६ स्थानमा अग्रता लिएका छन । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ स्थानमा अग्रता लिएको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३, ४ र ६ मा आईतवार मतदान भएको थियो । तीन प्रदेशका ३४ जिल्लामा रहेका २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको हो । मतपरिणाम आउँने क्रम जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!