- संगालोखबर सम्वाददाता

धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । हालसम्म ९ वटा स्थानीय तहको परिणाम आएको छ । अन्य स्थानीय तहमा भने मतगणना जारी छ ।

हालसम्म नेकपा एमालेले ५ स्थानमा बिजयी हासिल गर्दै अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कांग्रेसले-२ , माअाेवादी केन्द्र-१ र स्वतन्त्र उम्मेद्वार-१ बिजयी भएका छन ।

एमाले-५

मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन । २ सय १४ मतसहित घले बिजयी भएका हुन । त्यस्तै निकटतम प्रतिद्धन्द्धी काग्रेसकी अनिता लामाले १ सय ७३ मत पाएकी छन ।

त्यस्तै मनाङको नेस्याङ गाउँपालिका प्रमुखमा एमालेका कान्छा घले बिजयी भएका छन । घलेले ६ सय २७ मत पाएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बिनोद गुरुङले ४ सय ६१ मत पाएका छन ।

त्यस्तैगरी डोल्पाको काईके गाउँपालिका प्रमुखमा एमालेका उम्मेद्वार अंगद राना ९ सय २० मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका हिराबहादुर रोकायाले ८० मत पाएका छन ।

यता डोल्पाको से फोक्सुन्डो गाउँपालिकामा एमालेका तसी तण्डुक गुरुङ निर्बिरोध निर्वाचित भएका छन ।

त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका प्रमुखमा एमालेका आशबहादुर थकाली बिजयी भएका छन ।
थकालीले ४ सय ५४ मत पाएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका बिजय हिराचनले ४ सय १७ मत प्राप्त गरेका छन ।

 

कांग्रेस-२

मुस्ताङको लेमन्थाङ गाउँपालिकाका प्रमुखमा नेपाली काग्रेसका सुवर्णकुमार बिष्ट बिजयी भएका छन । उनले ६ सय ३ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका घुमी वाङ्देल बिष्टले १ सय ८ मत प्राप्त गरेका छन ।

त्यस्तै मनाङको नारफु गाउँपालिका प्रमुखमा नेपाली काग्रेसका उम्मेद्वार मिङ्माछिरिङ लामा निर्विरोध भएका छन ।

माओवादी केन्द्र-१

जुम्लाको गुठिचौर गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी १ हजार ५ सय ९६ मत प्राप्त गर्दै बिजयी भएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका क्षेत्र भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन । १ सय २९ मतान्तरले माओवादी केन्द्रका भण्डारी बिजयी भएका हुन ।

स्वतन्त्र -१

मुस्ताङको दालोमे गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट बिजयी भएका छन । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा तेब्बर बढी मत ल्याउँदै बिजयी भएका हुन । स्वतन्त्र उम्मेदवार बिष्टले ७ सय ५५ मत ल्याएका छन । यता निकटतम प्रतिद्धन्द्धी काग्रेस उम्मेद्वार गुरुङले २ सय ३ मत प्राप्त गरेका छन ।

प्रदेश नम्बर ३, ४ र ६ मा आईतवार मतदान भएको थियो । तीन प्रदेशका ३४ जिल्लामा रहेका २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको हो । अहिले पनि मतपरिणाम आउँने क्रम जारी छ ।

थप अपडेट हेर्नुहोस् ।

चार महानगरको मत परिणाम यस्तो छ ।

  

हामी तपाईहरुलाई नियमित मत परिणामको अपडेट गराउँने छौ । संगालोखबर हेर्दै गर्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!