लमजुङ (बेसीसहर)। लघु जलविद्युत् मात्र रहेको हिमालपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो ।

दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

लघु जलविद्युत् मात्र रहेको हिमालपारिको जिल्ला मनाङमा ३३ केभी राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा हुँदै ।

विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ । प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३÷११ केभी को शवस्टेसनको निर्माण गरी मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।

३३ केभी लाइनको निर्माण एक वर्षमा सकेर आगामी वर्ष शवस्टेसनका निर्माण कार्य गरिने न्यौपानेले बताउनुभयो । मनाङमा ८० किलोवाटको सब्जे खोला र ६० किलोवाटको चामे लघुजलविद्युत् आयोजना साथै जिल्लाको मनाङ, पिसाङ, धारापानी, ताललगायतका क्षेत्रका स्थानीयले समुदायमा आधारित लघुजलविद्युत् आयोजनाको निर्माण गरी विद्युतीय सेवा उपभोग गर्दै आइरहेका छन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!