लहान। अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ ।

टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने र पानी तान्ने मोटर १९, पङ्खा एक, एलइडी टिभी एक थानलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो ।

लहान इलाकामा करिब ४०।४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गतसाता पनि विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चुहाबट गर्ने १९ जनालाई पक्राउ गरी कार्वाही गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!