काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणअन्तर्गत अाइतबार वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी दिएका छन् । उनले सम्पन्न मतदान कार्यमा ३४ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा ७१ प्रतिशत मतदान भएको जनाए ।

Advertisement

मतदानमा युवा पुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको र यस सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउने छ भन्ने विश्वास आयोगले लिएको छ । उनले मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद दिएका छन् ।

२८३ स्थानीय तहका लागि भएको मतदान कार्य अन्तर्गत अाइतबार २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेको आयोगले जानकारी दिएको छ ।

आयोगले मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने बताएको छ । मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ । आफ्नो तयारी पूरा भएपछि उनीहरुले अाइतबार राति वा साेमवारबिहानबाट मतगणना सुरु गर्ने र मतपरिणाम सहज तरिकाले सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आइतबार पाटन दरबार मतदान केन्द्रबाट मतपेटिका बाकस सुरक्षाकर्मीको सहयोगमा मतगणनाका लागि लगिँदै । तस्बिरः रत्न श्रेष्ठ, रासस

आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न भएन र सहज ढंगले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको जनाएको छ । आयोगले मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग अनुरोध गरेको छ ।

तीनवटा मतदान केन्द्रमा मतदान स्थगित

आयोगले नचाहँदा नचाहँदै पनि तीनवटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालिकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोग दुःख व्यक्त गरेको छ । सो केन्द्रको मतदान कार्य पनि स्थगित भएको आयोजले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!