- संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाबाट भरुवा बन्दुकसहित एक युवालाई  प्रहरीले पक्राउ परेको छ । षडानन्द नगरपालिका–१० साङपाङका २४ वर्षिय दिपेन्द्र राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन ।

Advertisement

बन्दुक लोड गरेर घरमा लुकाएको गोप्य सुचनाको आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बन्दुकसँगै बारुद र छर्रा समेत बरामद भएको छ । पक्राउ परेका राईलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!