दमौली । तनहुँको व्यास नगरपालिकामा आइतबार एकजनाको हत्या भएको छ । व्यास नगरपालिका वडा नम्बर १ का विक्रम परियारको अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।

Advertisement

तनहुँको ब्यास घर भएका परियार कलाकारिता क्षेत्रमा संलग्न छन् । काठमाडौं बस्दै आएका उनी स्थानीय तह चुनावमा मतदान गर्न घर आएका थिए ।

स्थानीय मतदान केन्द्रमा भोट हालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला ५/६ जनाको समूहले परियारलाई आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान भएको छैन । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!