- संगालोखबर सम्वाददाता

काठमाडौं । संघीय संरचना अनुसार पहिलो चरणको स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।

४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।

१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

बिभिन्न स्थानमा भईरहेको मतदानका तस्वीरहरु हेर्नुहोस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!